ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन क्षेत्रको विकासका लागि सहकार्यको आवश्यक


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ५ : ४१   बजे

लुम्बिनी, १३ असोज । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । नेपाल एशोसियशन ट्राभल एण्ड टुर्र एजेन्ट (नाट्टा)को आज प्रदेश नाट्टासँग भएको संयुक्त बैठकमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य पूरा गर्न सहकार्य हुनुपर्ने बताइएको हो ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटकको आगमन बढाउनका लागि वोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो । “सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउन पूर्वाधारको विकास हुनु जरुरी रहेको छ,”–उहाँले भन्नुभयो ।

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेलले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले मुलुकमा पर्यटक भित्र्याउनका लागि सबै पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “विश्वको आकर्षकको केन्द्र रहेको लुम्बिनीलाई पर्यटनसँग जोड्नका लागि सरकारले सहयोेग गर्नुपर्छ,”–उहाँले भन्नुभयो ।

नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागार्इं, नाट्टा प्रदेश नं १ अध्यक्ष भूपालराज श्रेष्ठ, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेल,नाट्टा प्रदेश नं ५ का अध्यक्ष विष्णु शर्मा, नाट्टा प्रदेश नं ७ का अध्यक्ष मायाप्रसाद भट्ट, नाट्टाका महासचिव रमेश थापा, पूर्व अध्यक्ष मधुसुदन आचार्यलगायतले मुलुकको पर्यटन विकासका लागि संयुक्त कार्यक्रम बढाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group