ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिने: मुख्यमन्त्री पौडेल


admin
१४ आश्विन २०७५, आइतबार   २ : ३९   बजे

हेटौँडा, १४ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभएको छ ।

उक्त प्रदेशको नीति तथा योजना आयोगद्वारा आज हेटौँडामा आयोजित ‘आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा कार्याशाला गोष्ठी’ शुभारम्भ गर्दै उहाँले विगतको समयमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुपको भूगोल, व्यवहारिक, दिगो र सन्तुलित विकास योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वय गरिने जानकारी दिनुभयो ।

उहाँले आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरुप छनोट गरी जनताको घरदैलोमा पु¥याउन व्यावहारिक दक्ष जनशक्ति उपलब्ध गराउँदै अब प्रदेश सरकारले वृहत् योजनालाई बंैकिङको स्वरूप दिने र आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजाने सुझाव दिनुभयो ।

प्रदेशस्तरीय नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अब वैज्ञानिक सोच र चिन्तनद्वारा आवधिक योजनालाई समीक्षा गरी तत्काल दिगो व्यवस्थापन गर्न सकिने राष्ट्रिय गौरवको आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्नका लागि आवश्यक नीति योजना र अनुगमन गर्न प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

भोलिसम्म सञ्चालन हुने सो गोष्ठीमा उक्त प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरू प्रदेशस्तरीय नीति योजना आयोगका पदाधिकारी, योजनाविद्, मकवापुर जिल्लाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव आनन्दराज ढकाल, विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group