ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेसमाथिको अंकुशले लोकतन्त्र नै खतरामा परेको छ : काँग्रेस नेता केसी


admin
१४ आश्विन २०७५, आइतबार   ३ : २९   बजे

बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताउनुभएका हो ।

वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने काम गरेको भन्दै काँग्रेसका पूर्व सह–महामन्त्री समेत रहेका नेता केसीले प्रेसलाई स्वतन्त्र बनाउन दबाब दिने बताउनुभयो ।

न्यायलय माथि हस्तक्षप र प्रेसमाथिको अंकुश लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध रहेको उल्लेख गर्दै उहाँले पत्रकारलाई स्वतन्त्र रुपमा निष्पक्ष भएर कलम चलाउने वातावरण सिर्जना गर्न सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।

पत्रकारीतालाई भोजन मण्डली र भजन मण्डली बनाउन सरकारले प्रेसमाथि हस्तक्षप गरेको उहाँको आरोप छ । नेपालमा पत्रकारहरु पत्रकारको भुमिकामा मात्रै नभएर लोकतान्त्रिक आन्दोलनको पहरेदार समेत रहेको नेता केसीले बताउनुभयो ।

नेता केसीले आम सञ्चार माध्ययममा नेतालाई नभई नितीलाई र व्यक्तिलाई नभएर सहि विचारलाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । फरक प्रसंगमा नेता केसीले वर्तमान सरकारले जनतामाथि पटक पटक मुल्य बृद्धि गरि अन्याय गरेको बताउँदै निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धतालाई नभुल्न सुझाब दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मुल्य मान्यता विपरित अभिव्यक्तिहरु दिने गरेको आरोप लगाउँदै उहाँले मुलुकलाई समृद्ध बनाउने उखान टुक्कालाई व्यवहारमा कार्यान्वनय गरेर देखाउन चुनौती दिनुभयो ।

स्थानीय, प्रदेश र संघिय सरकारले करको सिमा निर्धारण नगर्दा जनतामा करको भार थपिएको बताउँदलै उहाँले करको उपयोगलाई समेत हेक्का राख्न आग्रह गर्नुभयो । मुलुकमा बलात्कारका घटना बढीरहेको तर्फ सरकारको ध्यानकर्षण गराउँदै नेता केसीले जनताको शान्ति सुरक्षा फितलो बन्नु दुखदायी रहेकोमा जोड दिनुभयो ।

सो अबसरमा प्रेस युनियन म्याग्दीद्धारा स्थापित ‘‘प्रेस युनियन पत्रकारीता पुरस्कार–०७५’’ बाट पत्रकार हरिकृष्ण गौतमलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group