काठमाडौँ, १५ असोज । डोटी जिल्लाको शिखर नगरपालिकामा एक जना किशोरी बलात्कृत भएकी छिन् । शिखर नगरपालिका वडा नं ६, बस्ने २८ वर्षका योगेन्द्र बलायरले १७ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन ।
बलात्कार गर्ने बलायरविरुद्ध करणी सम्बन्धी कसुर गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी डीएसपी लालबहादुर धामीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्