ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय जनता दल नै नेकपामा विलय


एबीसी न्यूज
१६ आश्विन २०७५, मंगलबार   ७ : ४१   बजे


काठमाडौं, १६ असोज  । नेपाल कम्युनिस्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा महासचिव पौडेलले समाजमा अन्याय र विभेदको अन्त्य गरी मुलुकमा सामाजिक न्याय र समानता कायम गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गरेका कारण अहिले विभिन्न दल र जनताको विश्वास र आकर्षण पार्टीप्रति बढेको बताए ।

उनले पार्टीको आदर्श र राजनीतिक कार्यक्रमलाई जनताको सेवामा केन्द्रित गर्न निर्देशन दिँदै दलका विभिन्न नेता तथा कार्यकर्ताको अनुभवका आधारमा उनीहरुलाई उपयुक्त जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे ।

जनता दलका अध्यक्ष महतो, राजपाका नेता साह र पिछडा वर्गका नेता मनइ महतोले मधेसमा सम्भ्रान्त समूहले निमुखा वर्गमाथि गरिरहेको जातीय विभेदको अन्त्यका लागि माक्र्सवादी चिन्तन आवश्यक रहेको बताउँदै नेकपाले मधेसी समाजको एकता र अखण्डताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्लेषणका आधारमा आफूहरु ऐतिहासिक पार्टीमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu