ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाले निकाले मदिरा रोकथामका लागि ¥याली


admin
१६ आश्विन २०७५, मंगलबार   १० : ५६   बजे

बाजुरा, १६ असोज । खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा ¥याली निकालेका छन् । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले ¥याली निकालेका हुन् ।

वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले ¥याली निकालेका थिए । मञ्चका अध्यक्ष दीर्घमतीदेवी ओलीले जुवातास, जाँडरक्सी बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न माग गर्नुभयो ।

महिला हिंसाका घटना बढेकाले त्यसको रोकथामका लागि अभियान थालिएको उहाँको भनाइ छ । गाउँपालिकाले मदिरा सेवनको कार्य पूर्ण रूपमा बन्द गरिसक्दा पनि गाउँमा सेवन गर्नेको सङ्ख्यामा कमी नभएकाले त्यसको तत्काल रोकथाम गरिनुपर्ने उनीहरूको माग छ ।

पहिलो चरणमा सचेतनाका लागि नारा जुलुस प्रदर्शन गरेको भन्दै मदिरा सेवन गर्ने र बिक्री गर्ने काम नरोकिए आन्दोलन गर्ने ओलीले बताउनुभयो ।

गाउँपालिकाले गरेको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि महिलाले अध्यक्ष नरबहादुर रावत र उपाध्यक्ष कुन्ती बुढा साउदको ध्यानाकर्षण गराएका छन् । निर्णयले मात्र मदिरा नियन्त्रण नहुने भएकाले त्यसको कार्यान्वनमा कडाइ गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu