काठमाडौं,१६ असोज । मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पुतलीसडकमा आज बिहान अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको बताइएको छ ।
मृत्तकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्