अर्घाखाँची, १६ असाेज। जिल्लाको सितगंगा नगरपालिका वडा नं.२ सितापुरको फलाचौरको घुम्तीमा जिप दुर्घटना हुदाँ १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । देउरालीयातायात व्यवसायी समितीको लु १ ज २३६९ नम्बरको जिप बिहान ४ बजे दुर्घटनामा परेको छ ।
जिल्लाको मालारानी ६ हंशपुर काफलठुँटा सिदुरेबाट नवलपरासीको त्रिबेणिमा दाहसंस्कार गरि फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।
घाईतेहरुको ठाडा प्राथामीक स्वास्थ्य केन्द्रमा प्राथामिक उपचार पछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
यसरी घाईतेहुनेहरुमा बर्ष ३६ विकाश के. सी ,वर्ष २८ बालकृष्ण शाह ,वर्ष २७ का सुरज पुन बर्ष ४८ का उदय पुन ,वर्ष ४५ का शिव बहादुर घर्तिमगर र वर्ष ४८ का बोम बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालयका ठाडाका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । सामान्य घाईतेहुनेहरुमा यज्ञ बहादुर पुन ,टिकाराम पुन ,नर बहादुर पुन ,भोबिश पुन ,अर्जुन पुन ,ज्ञान बहादुर पुन र नारायण अधिकारी रहेका छन ।
प्रतिक्रिया दिनुहोस्