ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला होटलमा खपत हुन्छ मनाङका आलु


admin
१६ आश्विन २०७५, मंगलबार   ३ : ०१   बजे

मनाङ, १६ असोज ।  मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ ।

वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् ।

यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश विदेशबाट समेत माग हुन थालेको छ । विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा वाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो ।

यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ । यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ ।

तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न शुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ ।

आलु खरिदका लागि मानिसहरु खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताउनुभयो । आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पुग्छन् ।

धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका–२ थानचोकका यज्ञा घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि आलु किसानलाई खेतीबाट फाइदा हुन थालेको छ ।

चाडबाड र लामो समयपछि विदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दशैं तिहारमा घर जाने कर्मचारीको कोशेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेसीशहर र काठमाडौँ पठाइन्छ ।

थानचोकका बिन घलेले यो वर्ष मात्र ५० मुरी आलु फलाउनुभएको छ । मनाङ लम्जुङको सडक पहिरोले बिगारे पछि आफ्नो व्यापार रोकिएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ – “पाँच–छ वर्ष अघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गा¥हो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन । मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।”

नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलु खेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माण जस्ता काम गर्ने गरिएको र महिलाको आयआर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताउनुभयो ।

ठाउँ ठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारीसाधनमै राखेर आलु काठमाडौँ पठाउन पाइएको छ ।

मनाङको रैथाने आलु देशका ठाउँ ठाउँमा पुगिरहेका स्थानीयवासी विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार यहाँका रैथाने आलु काठमाडौँका ठूल्ठूला होटलहरुमा निर्यात हुने गरेको छ ।

शहरका तीनतारे, पाँचतारे होटलमा समेत मनाङका आलुको परिकार बन्ने र मनाङको आलुको परिकार अतिथिले तारीफ गर्ने गरेका छन् । हाल यहाँ उत्पादित आलुको मूल्य प्रतिपाथी १३० रुपैयाँ पर्छ ।

मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । साविक कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलु खेती गर्ने किसान र आलु उत्पादन वर्षेनी बढ्दै गएको छ । आलुले बजार पाएपछि मनाङ्गेहरु आलु खेती गर्न लालायित भएका हुन् ।

कार्यालयका अनुसार आव २०७२÷७३ मा ४४५ हेक्टर क्षेत्रफलमा खेती गर्दा ७ हजार ६११ टन उत्पादन भएको थियो । आव २०७३÷७४ मा ६७५ हेक्टरमा लगाइएको आलु खेतीबाट ८ हजार २३७ टन उत्पादन भएको थियो । आव २०७४÷७५ मा ६८१ हेक्टरमा ८ हजार ४२० टन आलु उत्पादन भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group