ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याइनेछ : रक्षा मन्त्रालय


एबीसी न्यूज
१६ आश्विन २०७५, मंगलबार   ६ : ४९   बजे

काठमाडौँ, १६ असोज । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रक्षा मन्त्रालयका तर्फबाट हालको राष्ट्रिय सुरक्षा नीतिमा समसामयिक परिमार्जन गर्न लागेको जानकारी दिइएको हो ।
समितिले मन्त्रालयको कार्यक्षेत्र, मुख्य कार्यक्रम तथा नीतिगत एवं कानूनी सुधारका विषयमा जानकारी लिन कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गरेको थियो ।

प्रतिरक्षा नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको थप सुदृढीकरण गर्ने तथा सैनिक ऐन तथा नियमावलीलाई अद्यावधिक र एकीकरण गर्ने भावी कार्ययोजना रहेको सो अवसरमा जानकारी दिइयो ।

नेपाली सेनालाई आधुनिकीकरण गर्ने, सैन्य सामग्री पर्याप्त उपलब्ध गराई व्यावसायिक र सुदृढ फौजका रुपमा विकास गर्ने कार्ययोजना रहेको मन्त्रालयले जनाएको छ । नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता थप सुदृढ गर्ने तथा नेपाली सेनालाई आवश्यक पर्ने सैन्य सामग्री मुलुकभित्र आपूर्ति हुन सक्ने गरी कार्य अघि बढाइने जानकारी दिइयो ।

संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्ने कार्यमा नेपाली सेनाको योगदानलाई बढाउँदै लैजाने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको अवधारणालाई कार्यान्वयनमा ल्याउने गरी मन्त्रालयले कार्ययोजना अघि सारेको छ ।

नेपाली सेनाको दीर्घकालीन योजना २०६९ लाई समसामयिक परिमार्जन गरी लक्ष्य सन् २०३० तयार गरेर कार्यान्वयनमा ल्याउने, मन्त्रालयलाई तोकिएको कार्य जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने तथा सैनिक अस्पताललाई प्रदेशस्तरमा विस्तार गर्ने आगामी कार्ययोजना रहेको बताइयो ।

नेपाली सेनालाई सैन्य सामग्रीमा आत्मनिर्भर बनाउन सन्दर्भमा सैनिक पोशाकमा प्रयोग हुने सामग्री उत्पादन, सैनिक उपकरण उत्पादन, खुुकुरी उत्पादन तथा विकास निर्माणका लागि आवश्यक हुने विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्ने मन्त्रालयले सोच अघि सारेको छ ।

नेपाली सेनाका लागि आवश्यक पर्ने हातहतियार, गोली गट्ठा तथा विस्फोटक पदार्थ प्राप्त गर्ने सम्बन्धी यस अघिको कार्यविधिमा सुधार नल्याएर कार्यक्रम कार्यान्वयनमा चुनौती खडा हुने पक्षबारे समितिलाई जानकारी गराइयो ।

सेनाले अघि बढाइरहेको आयोजनालाई कुनै जानकारी नदिई बीचैमा विनियोजित रकम कटौती हुने र आर्थिक वर्षको अन्त्यमा बजेट निकासाका लागि पुनः माग गर्नुपर्दा कठिनाइ भएको तथा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि समयमा बजेट विनियोजन नहँुदा जिम्मेवारी सम्पन्न गर्न चुनौती सिर्जना भएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराइएको थियो ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian-Bound Turkish Cargo Ship Damaged in Black Sea Drone Strike

Russia Accuses Ukraine of Targeting Civilian Vessels in Black Sea

Ceuta Residents Demolish Migrant Camps Amid Escalating Protest

Denmark to Compensate Greenlandic Women Over Decades-Long Contraceptive Abuse

Pentagon Uncovers Hidden Files Related to Afghanistan Withdrawal

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu