ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन टाइगर्स एपिएफ फाइलनमा 


एबीसी न्यूज
१७ आश्विन २०७५, बुधबार   ७ : २०   बजे


चितवन , १७ असोज ।  चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको आयोजनामा जारी पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन उपाधि नजीक पुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा भएको खेलमा चितवनले पुलिसलाई २५–११, २५–१४ र २५–२३ सोझो सेटमा पराजित गरेको हो ।

त्यसैगरी लिगअन्तर्गत आजै भएको दोस्रो सेमिफाइलन खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलन पुगेको छ । एपिएफले न्यू डायमण्डलाई २५–२२, २६–२४ र २५–२३ को सेटमा पराजित ग¥यो । उपाधिका लागि बुधबार एपिएफ र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् ।

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिता भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिएको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्का महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu