ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा 


एबीसी न्यूज
१७ आश्विन २०७५, बुधबार   ७ : २४   बजे

काठमाडौं, १७ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसिप फुटबलमा समूह उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ । आज भएको खेलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भए पनि नेपाल सेमिफाइनल पुगेको हो । बङ्गलादेश भने समूह चरणको दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइल प्रवेश गरेको छ ।

बङ्गलादेशको जितमा मोसामत सिरात जोहान सोप्नाले १६औँ र ३२औँ मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । नेपालका लागि इन्जुरी समयको दोस्रो मिनेटमा रश्मीकुमारी घिसिङले एक गोल गरेकी थिइन् ।

दुवै खेल जितेको बङ्गलादेश समूहको विजेता र नेपाल उपविजेता बनेका छन् । यसअघि नेपाल र बङ्गलादेश दुवैले पाकिस्तानलाई हराएका थिए । पाकिस्तानलाई नेपालले १२–० र बङ्गलादेशले १७–० ले हराएको थियो ।

पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गलादेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu