काठमाडौं , १७ असोज । युरोपियन च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा अप्रत्यासित हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा रुसी क्लब सीएसएकेए मस्कोले रियललाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा मस्कोले दोस्रो मिनेटमा नै गोल गरेको थियो । रियलका टोजी क्रुजले दिएको ब्यापपासलाई निकोला भालासियाले खोस्दै गोलमा परिणत गरेका हुन् । ग्यारेथ बल विनाको रियल मड्रिडका करिम बेन्जिमा, कासिमेरो र मोरिआनोको प्रहार बारमा लागेको थियो ।
सीएसएकेए मस्कोका गोलकिपर इगोल अन्तिम मिनेटमा रातो कार्ड पाए ।
प्रतिक्रिया दिनुहोस्