काठमाडौं, १७ असोज । नेपाली काग्रेस सर्लाही काठमाडौ सम्पर्क समितिको अधिवेशन १९ गते शुक्रबार हुने भएको छ । भदौ १४ गते बसेको नेपाली काग्रेस जिल्ला कार्य समितिको बैठकको दुईतिहाई मतले शुक्रबार समितिको अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले पुरानो समिती निस्कृय रहेकोले उक्त समीती खारेज गरेको छ ।
जिल्ला कार्यसमिति बैठकले जिल्ला सभापति नागेन्द्र कुमार रायको अध्यक्षतामा ७ सदस्यीय निर्देशन तथा समन्वयन समति पनि गठन गरेको छ । साथै बैठकले सर्लाही काठमाडौ सम्पर्क समतिको अधिवेशनको लागि ३ सदस्य निर्वाचन समति गठन गरेको जिल्ला सभापति नागेन्द्र कुमार रायले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्