काठमाडौं, १७ असोज । अमेरिकामा स्थायी बसोबासको अनुमति पाउने माध्यमका रुपमा रहेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा, डिभी को आवदेन बुधबारदेखि खुला हुँदैछ ।
नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको फारम भर्न सकिने छ । आउँदो कात्तिक २० गते राति पौने ११ बजे भित्र फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
यसपटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२० मा अमेरिका जान पाउने छन् । फारम भर्नका लागि आधिकारिक वेब साइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्