ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्ट सिटीलाई साकार पार्न महानगर लागिरहेको छ – मेयर दाहाल


एबीसी न्यूज
१८ आश्विन २०७५, बिहिबार   १० : ०९   बजे

चितवन ,१८ असोज । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता जनाएकी छन् ।
भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धानसम्बन्धी एक दिवसीय समीक्षा गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन गर्न खोजिरहेको बताइन् बताउनुभयो ।

उनले भनिन्, ‘भरतपुर महानगरको फोहोर व्यवस्थापन गरेर स्मार्ट सिटीलाई साकार पार्न महानगर लागिरहेको छ ।’ कार्यक्रममा मेयर दाहालले सबैको ध्यान भरतपुर महानगरले तानेको हुनाले यसले नमूना काम गरेर देखाउन आवश्यक भएको बताइन् ।

कार्यक्रममा फोहोर मैला व्यवस्थापन सम्बन्धित विज्ञहरुले स्मार्ट सिटीको अवधारणा ल्याउनुअघि फोहोरको वैज्ञानिक तरिकाले उचित व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै दीर्घकालीन रुपमा फोहोरको उचित व्यवस्थापन नगरेसम्म स्मार्ट सिटीको कल्पना गर्न नसकिने बताएका थिए । विज्ञहरुको कार्यपत्रमा दक्षिण एसियाली सहरहरुमा जलवायु अनुकुलनको लागि दिगो प्रयास फोहोरमैला तथा ढल निकास व्यवस्थापनको सुझाव दिएका थिए ।

कार्यक्रममा प्लास्टिक व्यवस्थापन र कर नीति र हाइड्रो डाइनामिक मोडलिङको विषयमा डा मणि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, प्लाष्टिक फोहोर र व्यवस्थापनको विषयमा विज्ञ ऋषि कट्टेल, भरतपुर महानगरपालिकाकोे फोहोर संकलन सुधार गर्न उपभोक्ताहरुको चाहनामा डा राजेश राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group