ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीन जना घाइते


admin
१८ आश्विन २०७५, बिहिबार   १० : २१   बजे

झापा १८ असोज । इलामबाट झापातर्फ आइरहेको जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तरगत झापाको मेचीनगर १३ स्थित कालीझोडा भन्ने स्थानमा विहीवार विहान इलामबाट झापातर्फ आइरहेको मे १ ज २४६२ नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट अर्जुनधारा नगरपालिका ५ निवासी ६० बर्षिय बिष्णुप्रसाद विकको मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

उनका अनुसार जिपले पहिला साइकलयात्री विकलाई ठक्कर दिएका थिए, त्यसपछि जिप अनियन्त्रित भई बाटैमा उभिरहेका अर्को साइकलयात्री मेचीनगर १२ निवासी ३८ बर्षीय टंक रोक्कालाई ठक्कर दिएका थिए । साइकलयात्रीलाई ठक्कर दिएपछि जिप पल्टिदाँ जिपमा सवार इलाम नगरपालिका ७ निवासी ५५ बर्षीय विजेन्द्र रिजाल र सोही जिल्ला जोगमाई ४ निवासी १९ बर्षीय बिशाल सापकोटा सामान्य घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएपनि साइकलयात्री विकको उपचारको क्रममै मृत्यु भएको प्रहरी निरीक्षक राईले बताए । यता जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group