ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा लायन्स फुटबल प्रतियोगिता हुने


admin
१८ आश्विन २०७५, बिहिबार   १ : २२   बजे

पोखरा, १८ असोज । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।

स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक एवं क्लबका पूर्वअध्यक्ष टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै डिष्ट्रिक्टका करीब एक हजार क्लबमध्ये ६० वटा क्लबको प्रतियोगितामा सहभागिता हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुलातर्फ प्रथम र दोस्रो हुने टिमलाई रु ३५ हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष हरिराम पराजुलीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्वअध्यक्ष टङ्कराज अधिकारीको संयोजकत्वमा विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu