ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को बन्छ करोडपति अब नेपालमै ( अब तपाई पनि करोड पनि बन्न सक्नु हुनेछ)


एबीसी न्यूज
२० आश्विन २०७५, शनिबार   १ : ०२   बजे


काठमाडौं,२० असोज । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्रा्ष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए ।

एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यले आउँदो जेठबाट केबिसी  एपीवान  टेलिभिजनमा प्रसारण हुने जानकारी दिए। कार्यक्रमको प्रस्तोताका रुपमा महानायक राजेश हमाललाई छनोट गरिएको छ। ग्रेट ब्रिटेनकै ढाँचा अनुसार रजिस्ट्रेसन खुलेपछि एसएमएस र आभीआरद्वारा छानिने र ती मध्ये १० जना फास्टेस्ट फिंगरकालागि चुनिने आयोजकले जनाएको छ।

चुनिएका १० जना कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गर्दछन् र ती मध्ये छिटो उत्तर मिलाउने भाग्यमानीले एक करोडको लागि खेल्न पाउँछन्। खेलको बीचमा उसको सहजताको लागि तीनवटा लाइफ लाइन– फीप्टी फीप्टी, अडियन्स पोल र फोन–अ–फ्रेण्ड हुन्छन जुनलाई कुनै अफ्ठेरो स्थितिमा उसले प्रयोग गर्न पाउँछ।

कार्यक्रमको तयारीका लागि मानिसले एप पनि डाउनलोड गरी त्यसमा भएका प्रश्नोत्तर अध्ययन गरी निश्चित प्वाइन्ट जितेपछि उत्कृष्ट उपहार जित्न सक्ने आयोजकले जनाए छन्। पत्रकार सम्मेलनमा महानायक राजेश हमाल, टेलिभिजनका प्रतिनिधि र आयोजकहरुको उपस्थिति रहेकाे आयोजकले जनाएको छ।

भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।
भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नुहुनेछ । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group