कञ्चनपुर, २० असोज। भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।
मोर्याले द्रोपतीलाई मायाजालमा पारेर श्रीमती बनाउन वा बेच्नका लागि लगेको भन्नेबारे स्पष्ट नभएको परिवाले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने हैरान भएको बताउँछन् ।
हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्