ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व टी–२० छनोटमा नेपालको लगातार दोस्रो जीत


admin
२० आश्विन २०७५, शनिबार   ३ : ३९   बजे

काठमाडौं ,२० असोज । आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ ।

छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।

नेपालको जीतमा कप्तान पारस खड्काले अविजित ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे तथा ओपनर विनोद भण्डारी १२ र अनिलकुमार साहले एक रनको योगदान गरे ।

यसअघि टस जीतेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।

मलेसियालाई १०० रनमै सीमित गर्ने क्रममा नेपालका युवा बलर सन्दिप लामिछानेले पाँच विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले तीन र कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।

यसअघि यही असोज १७ गते भएको पहिलो खेलमा नेपालले म्यानमालाई आठ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै असोज २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रोचरणमा प्रवेश गरिसकेका छन् । दोस्रोचरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिमचरणका लागि छनोट हुनेछन् ।

अन्तिमचरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group