ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयो : मुख्यमन्त्री शाही


admin
२० आश्विन २०७५, शनिबार   ४ : १६   बजे

जुम्ला, २० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताउनुभएको छ ।

यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

“आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबेला नुनबाहेक सबै कुरामा आत्मनिर्भर थियो”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “आज विभिन्न सहयोगका नाममा मगन्ते बनाइएको छ ।”

साझेदार संस्थाहरूबाट उत्पादन बढाउने भन्दा पनि आशामा बाँच्ने खालका कार्यक्रम सञ्चालन गरिँदा, भ्रष्टाचार र दलाल संस्कृतिको विकास हुँदा कर्णाली परनिर्भर बनेको उहाँले आरोप लगाउनुभयो । उहाँले अगाडि भन्नुभयो, “गैसस र भ्रष्टाचारलाई नियन्त्रण सके मुलुकको समृद्धि र विकासको सपना पूरा हुन्छ ।”

एक फरक प्रसङ्गमा उहाँले चीन भ्रमण तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको समझदारीअनुसार कर्णालीको सडक र विद्युत् निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश विकासको ऐतिहासिक सङ्कल्प पूरा गर्न लिएको जिम्मेवारीअनुसार कर्णाली प्रदेशको अहिलेको परिचय बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिमबाढीको पीडा विश्वमञ्चमा सुनाउन प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा जाँदै

त्रिशूली–१ मा ६ शव फेला, रसुवागढीमा उपकरण बाटोमै रोकिएपछि उद्धार प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Downplays Iran Conflict as ‘Small Potatoes’ Amid Escalating Tensions

हिमबाढीको पीडा विश्वमञ्चमा सुनाउन प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा जाँदै

China to Implement Revised Power Safety Regulation Effective 2027

Two Survivors Rescued After Nine Days Trapped in Nepal Hydropower Tunnel

Family Reunited as Missing Engineer Rescued After Nine Days in Nepal Flood

Nepal Tourism Sector Reassures Global Visitors Amid Limited Flood Impact

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu