ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दियो नेपालले थाइल्याण्डलाई १ सय ७३ रनको लक्ष्य


admin
२१ आश्विन २०७५, आइतबार   ५ : ०४   बजे

काठमाडौं २१ असोज । आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो ।

वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए ।

थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ ।

फाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने 

भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दैछन् । भूटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा फाइनल खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

सेमिफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै नेपाल फाइनल पुगेको हो भने भूटानलाई हराउँदै बङ्गलादेश फाइन पुगेको हो । समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu