ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालियो


admin
२२ आश्विन २०७५, सोमबार   ३ : ४९   बजे

काठमाडौं,२२ असोज । दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।

यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् ।

घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो । त्यसको खारेजीलाई पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा व्यवसायीले उपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले जानकारी दिनुभयो ।

“नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, यी सवारी हेर्दा लाग्छ २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, यस्ता सवारीका कारण बडा दशैँका समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो”, उहाँले भन्नुभयो ।

दशैँको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन होइनन् भन्ने थाहा पाउन सकिँदैन ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने बताउनुहुन्छ । विभागले आज बिहान कोटेश्वरमा गरेको अनुगमनमा रु ६०० भाडा तोकेको ठाउँमा रु ८०० लिने सवारीलाई कारवाही गरेको छ ।

अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उहाँले जानकारी दिनुभयो । बिहानी अनुगमनका क्रममा बिपी राजमार्ग भएर पूर्व जाने सवारी स्थलगतरुपमै कारवाहीमा परेका छन् । बढी टिकट काट्ने काउन्टरलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ ।

यो मार्गमा चल्ने माइक्रो बसले बढी भाडा असुलीरहेको गुनासो यात्रुको छ । बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले राससलाई जानकारी दिनुभयो ।

चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारीका कारण हुनेको सङ्ख्या बढी नै रहेको यसअघि गठन भएको कार्यदल एवं जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । दशैँका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको सङ्ख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group