काठमाडौँ, २३ असोज । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै मंगलबार विश्व हुलाक दिवस मनाईँदैछ ।
आपसी सद्भाव र सञ्चारको माध्यमको रुपमा रहेको हुलाक सेवालाई थप समन्वयात्मक बनाउने उद्देश्यसहित सन् १८७४ को अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विश्व हुलाक दिवस मनाउने गरिएको छ ।
नेपाल सन् १९५६ मा आएर विश्व हुलाक संघको सदस्य बनेको थियो । त्यहिवर्षदेखि नेपालमा पनि विश्व हुलाक दिवस मनाउन लागिएको हो ।
नेपालमा वि।सं। १९३५ देखि हुलाक सेवा औपचारिक सुरुवात भएको हो । पछिल्ला वर्षमा सञ्चारका अरु सजिला, छरिता र भरपर्दा माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि हुलाक सेवा संकटमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्