ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा चार्डपर्व नजिकए संगै बजार अनुगमन तिव्रता


एबीसी न्यूज
२३ आश्विन २०७५, मंगलबार   १ : ४३   बजे
चितवन , २३ असोज । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सोमबार १७ किलो अखाद्य घ्यू नष्ट गरेकोजिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । चाडपर्वको समयमा बजारमा गुणस्तरीयहीन सामान आउन सक्ने भन्दै गरिएको अनुगमनका क्रममा मिल्क डेरी फुडबाट उत्पादित राधाकृष्ण ब्राण्डको १० किलो र सिन्धुली डेरीको उत्पादनमा बजारमा कृति ब्राण्डको ७ किलो गरि १७ किलो घ्यू बरामद गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए । राधाकृष्ण ब्राण्डको घ्यू उत्पादन गर्ने कम्पनीले गुणस्तरहीन घ्यू उत्पादन गरेको भन्दै केही दिनअघि मात्रै खाद्य प्रविधि क्षेत्रीय कार्यालयले सिलबन्दी गरेको हुँदा उक्त घ्यू स्वास्थ्यको लागि हानिकारक हुने हुँदा नष्ट गरिएको उनले बताए ।
‘उक्त कम्पनीका सञ्चालक हाल फरार छन्,’ उनले भने, कम्पनी विरूद्ध सरकारले जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा नै नर्दा गरिसकेको छ ।’ यस्तै कृति ब्राण्डको घ्यू भने मिति नाघेको भेटिएकोले बरामद गरेर नष्ट गरिएको छ । सोही क्रममा मिति नाघेका पेय पदार्थ समेत बरामद गरेर नष्ट गरिएको छ । ६० वटा ठूला प्लास्टिकका ठूला बोत्तलमा रहेका पेय पदार्थ मिति नाघेको भेटिएकोले सबै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि श्यामसुन्दर ढकालले जानकारी दिए । मिती नाघेका सामान बिक्री गरेका पसल सञ्चालकहरूलाई प्रारम्भिक बयानको लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर कारबाही प्रकृया अघि बढाइने उनले बताए । पेय पदार्थका उत्पादन कम्पनीहरूले बठ्याइँ गरेर मिति सकिएका सामाग्री समेत छाडेर जानसक्ने मिति हेरेर मात्रै सामान राख्न उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका कार्यबहाक अध्यक्ष विष्णुप्रसाद भुसालले व्यापारीहरूलाई आग्रह समेत गरे । ‘अन्य सामाग्रीमा पनि मिति हेरेर मात्रै राख्नुहोला,’ उनले सुझाए ।
जिल्ला प्रशासनले प्रहरी, उपभोक्ता अधिकार संरक्षण मञ्च, पत्रकार तथा स्थानीयको उपस्थितिमा उक्त सामाग्री बरामद गरेर नष्ट गरेको हो । प्रशासनले सोमबार गीतानगर बजारका किराना पसल तथा होटलहरूमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu