काठमाडौं, २४ असोज । आज घटस्थापनाको दिनबाट वाईसीएल नेपालले दशै तथा, दिपावली मनाउन काठमाडौंबाट जिल्ला बाहिरिने यात्रु हरूलाई सहजकोलागी १५० जना स्वयंसेवक परिचालन गरेको छ ।
काठमाडौंको नयाँ बसपार्क गोगंबु , रत्नपार्क, कलङ्की ,कोटेश्वर, लगाएत गाडी छुट्ने काउन्टरमाहरुमा वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले स्वयंसेवक परिचालन गरेको हो ।
टिकट कालोबजारी पक्षवात र महँगोमा टिकट बेच्ने र यात्रुहरूलाई अप्ठ्यारो नपरोस भनेर सहज रूपले काठमाण्डौबाट आफ्नो घर जाने ब्यवस्था मिलाउने र बिगतमा दशै, तिहारको बेलामा महंगी ,कालोबजारी, र राजधानीबाट बाहिरिने यात्रुहरूलाई सहजको लागी स्वयंसेवक तथा अनुगमनगर्ने गरेको थियो र यस वर्ष पनि काठमाण्डौ जिल्ला वाईसीएल नेपालले स्पेसल स्वयंसेवक तथा अनुगमन गर्ने टिम परिचालन गरेको हो ।
वाईसीएल नेपालले प्रहरी प्रशासन र यातयात महासंघलाई सहयोग गर्नगरि यो कार्यक्रम गरेको वाईसीएल नेपाल काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीले जानकारी दिए ।वाईसीयल नेपालको काम प्रति यात्रुहरुसमेत खुशि भएको सचिव उपरकोटीले बताए । यात्रुहरुलाई सहज हुनुका साथै यात्रुलाई कसैपनि ठग्न नपाउनु भन्ने उदेश्यले यो कार्यक्रम गरेको उपरकोटीले बताए ।
प्रतिक्रिया दिनुहोस्