ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ३ को राजधानी तिहारपछि टुङ्गिने


admin
२४ आश्विन २०७५, बुधबार   ४ : ५८   बजे

काठमाडौं,२४ असोज । प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ ।

संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु भएको छ ।

गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन विशेष समितिले यस प्रदेशका १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको थियो । तिनमा भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्ला प्रस्तावित छन् ।

पूर्वाधारको विकास, हावापानी, सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई आधार मानेर प्रदेशसभाले सकेसम्म सहमतिमा नभए दुई तिहाइ बहुमतबाट निर्णय लिनेछ ।

उक्त कार्यदलले गत असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन सभालाई बुझाएको भए पनि अहिलेसम्म विभिन्न प्राविधिक कारणले राजधानीको टुङ्गो लगाउन छलफल भएको थिएन ।

यी पाँच जिल्लामध्येबाट नै राजधानी तोक्ने लगभग निश्चित भएको समिति सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । कूल ११० सदस्य भएको प्रदेशसभामा ७३ सदस्यको निर्णय दुई तिहाइ हुनेछ ।

नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अस्थायी मुकाम तोकेको मकवानपुरका पक्षमा मतदान गर्नुपर्ने बाध्यता आफूहरुलाई रहेको बताउँदै स्वतन्त्रतापूर्वक मतदान गर्न दिएमा आफूले काभ्रेपलाञ्चोकमा मतदान गर्ने विचार व्यक्त गर्नुभयो ।

सो विषयमा निर्णय लिनका लागि मतदान तीन प्रकारले हुनेछ । ध्वनि मतदानबाट हात उठाएर, हुन्छ र हुन्न भन्ने पक्ष परक फरक ढोकाबाट प्रवेश गरेर मतदान र विद्युतीय मतदान गरिने छ । विद्युतीय मतदान प्रक्रियामा स्वतन्त्र मत खसाल्न पाइए पनि त्यसबाहेकका अन्य दुई प्रक्रियामा पार्टीको निर्देशन बाहिर जान नसकिने हुन्छ । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने कार्य प्रदेशसभालाई जिम्मा दिएको समिति सदस्य मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group