ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा विवादले गर्दा भ्यूटावर निर्माण अलपत्र


admin
२५ आश्विन २०७५, बिहिबार   १० : ३५   बजे

तेह्रथुम, २५ असोज । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो ।

सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत त्यत्तिकै छाडेको छ । दुई वर्षमा काम सक्ने गरी रु दुई करोड १३ लाखमा ठेक्का लिएको उक्त कम्पनीले शुरुमा करीब छ महीना ढिला गरेर काम थालेको थियो ।

काम थालेपछि स्थानीयवासी बीच सिमा विवाद देखिएपछि अहिले टावर निर्माणका लागि सम्झौता भएको म्यादसमेत सकिएको छ । दुई जिल्लाका बासिन्दाको आपसी मतभेदका कारण यो पर्यटकीय क्षेत्रको विकास रोकिएको स्थानीयवासी छिरिङ लामाले बताउनुभयो ।

टावर निर्माणस्थल तेह्रथुमको लालीगुराँस नगरपालिका–१, साविक बसन्तपुर–४ मा पर्ने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले भ्यूटावर निर्माण थालेका थिए । पर्यटन मन्त्रालयको सहयोगमा बन्न लागेकोे सो टावरको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो तर भ्यूटावर निर्माण शुरु भएपछि उक्त जमीन सङ्खुवासभामा पर्ने र सो योजना सङ्खुवासभाले पाउनुपर्ने माग गर्दै स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताले काममा अवरोध पु¥याएका थिए ।

भ्यूटावर निर्माण र जमीनभन्दा पनि जनप्रतिनिधिको आँखा त्यसबाट आउने राजस्वमा परेको हो । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने भएकाले जमिन जसको भए पनि निर्माण नरोक्न आग्रह गर्नुभयो ।

निर्माण कम्पनीका सुपरभाइजर पुष्प गुरागाईँले भने मौसमका कारण वर्षामा काम गर्न नसकिएको र अब विवाद मत्थर भई काम गर्ने वातावरण बने पुनः काम सञ्चालन हुने बताउनुभयो । चार तलाको सो भ्यूटावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यूप्वाइन्ट बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group