ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियार र लागूऔषधसहित दुई जना पक्राउ


admin
२५ आश्विन २०७५, बिहिबार   ११ : २१   बजे

 

झापा, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

“भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा जाँच गर्दा लागूऔषध भेटियो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शङ्का लागेपछि उनको घरमा जाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित अन्य सामग्री फेला प¥यो ।”

आर्मी कलरको कम्ब्याट दुई थान, सङ्घीय लिम्बूवान राज्यपरिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदरपत्र, सोही परिषद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्ट्याम्प छाप, प्याड, पञ्चिङ मेसिनलगायतका कागजात, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमतिपत्र र दुई थान मोबाइल फोनलगायत अन्य सामग्री लिम्बूको घरबाट बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group