ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुवानीको समस्याले दाङवाट खसीबोका नपठाउने


admin
२५ आश्विन २०७५, बिहिबार   १२ : ००   बजे

दाङ, २५ असोज । हरेक बर्ष दाङवाट दशैका लागी काठमाडौं पठाउदै आएको खसीबोका यसबर्ष नजाने भएका छन । खाद्य संस्थान केन्द्रिय कार्यालय काठमाडौंले चाडपर्बका लागि यस बर्ष दाङबाट पाँचसय खसीबोका मगाएको थियो ।

तर खाद्य संस्थान अञ्चल कार्यालय दाङले पाँचसय खसी–बोका उपलब्ध गराउन नसक्ने भएको छ । खसी–बोका ढुवानी गर्ने समस्याका कारण काठमाडौं पठाउन नसकिएको अञ्चल कार्यालय दाङका निमित्त प्रमुख कृष्ण चौधरीले बताउनुभयो । ‘

केन्द्रले दाङबाट पाँचसय खसी–बोका काठमाडौं पठाउने भनी परिपत्र गरेको थियो’ उहाँले भन्नुभयो ‘तर ढुवानीको व्यवस्था नहुँदा हामीले खसीबोका काठमाडौं पठाउन सकेनौं ।’

अञ्चल कार्यालयको आफ्नै गाडि नहुँदा बिगतमा निजि गाडिबाट खसी–बोका काठमाडौं पठाउने गरेको भएपनि यस बर्ष भने निजि गाडिले पनि ढुवानी गर्न नमानेको उहाँले बताउनुभयो । गाडिमा लैजादै गर्दा बाटोमै खसी–बोका मर्ने र त्यो घाटा सम्बन्धित गाडिवालाले व्यहोर्नु पर्ने भएकाले निजि गाडिले ढुवानी गर्न नमानेको उहाँले बताउनुभयो ।

‘गत बर्ष पनि हामीले निजिबाट ढुवानी गर्न पठाएका थियौ, त्यतिबेला ४÷५ वटा खसी–बोका बाटोमै मरेका थिए’ उहाँले भन्नुभयो‘ त्यसको घाटा स्वयं गाडिवालाले व्यहोर्नुपर्छ, त्यही भएर पनि रिस्क लिन मान्दैनन् ।’

ढुवानीको व्यवस्था नहुँदा यस बर्ष खसीबोका समेत खरिद नगरिएको उहाँले बताउनुभयो । ढुवानीको व्यवस्था केन्द्रले गरेको भए सहज हुने उहाँको भनाई थियो । अञ्चल कार्यालयको एउटा गाडि भएपनि त्यसले खाद्यान्न सामान मात्रै ढुवानी गर्ने गरेको उहाँको भनाई थियो ।

बर्षेनी केन्द्रले दाङबाट दशै, तिहार, छठपर्बको लागि खसी–बोका मगाउँदै आएको छ । यस वर्ष दाङबाट पाँचसय खसी–बोकाको माग गरेको थियो । गत बर्ष दाङबाट तीनसय ८५ खसी–बोका काठमाडौैं पठाएको थियो ।

दाङका खसी–बोकाले काठमाडौंको चाडपर्ब धान्ने गरेको थियो । नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयले यस बर्ष दाङ, मकवानपुरबाट खसी लैजाने तयारी गरेको छ । काठमाडौंमा ६० हजार भन्दा बढी खसी आवश्यक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group