ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातका साधनले थाल्यो क्षमताभन्दा बढी यात्रु बोक्न


admin
२५ आश्विन २०७५, बिहिबार   १ : ३१   बजे

गाईघाट, २५ असोज । बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ ।

गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका खाबुका हेमप्रसाद भट्टराईले बताउनुभयो ।

गाईघाटदेखि पूर्वी क्षेत्रको बेल्टार, रामपुर ठोक्सिलातर्फ सञ्चालन हुने सवारीसाधनले पनि छतमा समेत यात्रु बोक्ने गरेको पाइएको छ । “कोचीकोची यात्रु हाल्ने गरेका छन्, छतमा समेत यात्रु चढाउँदा दुर्घटनाको खतरा बढेको छ,” रौता भुटारका कृष्ण ठकुरीले भन्नुभयो ।

जिल्लाका अधिकांश सडक कच्ची रहेका छन् । वर्षाका कारण भत्किएका सडक मर्मत नहुँदा दुर्घटनाको खतरा छ । सवारीसाधनभित्र र छतमासमेत क्षमताभन्दा बढी यात्रु राख्दा ज्यान जोखिमको डर छ । “छतभरी समेत यात्रु राख्ने गरिएको छ,” ठकुरीले भन्नुभयो । चालक देवेन्द्र मगर चाडपर्वको समयमा यात्रुको चाप बढी हुँदा समस्या हुने गरेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : घाइते सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्यायो

भोटेकोसी बाढीमा नुवाकोटमा ठूलो मानवीय क्षति, विवरण संकलन हुँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu