कावासोती, २५ असोज । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।
असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले जानकारी दिनुभयो । उहाँ १७ गते तीर्थका लागि भारत जानुभएको थियो । नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उहाँले बताउनुभयो ।
गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए । विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए । त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्