काठमाडौं, २५ असोज । भीमदत्त नगरपालिकाकी बलात्कारपछि हत्या भएकी १३ वर्षिया निर्मला पन्तको भजाइनल स्वाब सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
डीएनए परीक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनबारे विहीबार विज्ञहरुसँग छलफल गर्दै आयोगले परिक्षणका लागि निकालिएका सबै नमुनाहरुलाई सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको हो । त्यसक्रममा केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए टेष्ट शंकास्पद देखिएको छ ।
विहीबारको छलफलबाट थप परिक्षण जरुरी रहेको निष्कर्ष निकालिएको आयोगले जनाएको छ । परिक्षणका सबै प्रक्रियाहरुबारे बताउन पनि महाकाली अञ्चल अस्पताललाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्