ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य केन्द्रमै थन्कियो मलेरियाको औषधि


admin
२६ आश्विन २०७५, शुक्रबार   १० : ०१   बजे

बाजुरा, २६ असोज । मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका हुन् ।

उक्त औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले बताउनुभयो ।

मलेरिया प्रभावित क्षेत्रमा छर्किन रु तीन लाख रकम आवश्यक भएको र नगरपालिकाले रकम नदिँदा ती औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले बताउनुभयो । “साउनमा छर्किएको भए रोकथाम हुन्थ्यो, अहिले दैनिक मलरियाको बिरामी आइरहने समस्या छ ।” डा शाहीले भन्नुभयो ।

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका १, ६ र ५ वडामा देखा परेपछि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो । प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोगमा प्रभावित बस्तीमा छर्किन पाँच वटा ठूलो ड्रममा औषधि पठाएको थियो । लाखौँ मूल्यको औषधि त्यतिकै खेर जाने खतरा देखिएको छ ।

मलरिया गर्मी र वर्षात्को समयमा फैलन्छ । चैतदेखि जेठसम्ममा छर्कियो भने औषधिले तीन महीना काम गर्छ । साउनमा छर्कियो भने भदौ, असोज र कात्तिकसम्मका लागि मलेरिया रोग स्थानीयमा सर्न सक्दैन तर, औषधि नछर्किँदा दैनिक एक-दुई जना मलेरियाका बिरामी अहिले पनि उपचारमा आउने गरेको प्रमुख डा शाहीले जानकारी दिनुभयो ।

नगरपालिकामा कहिले कार्यकारी अधिकृत र कहिले लेखापाल नभएको कारण देखाई बजेट नदिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । बूढीनन्दा नगरपालिका कार्यकारी पुरुषोत्तम न्यौपाने भन्नुहुन्छ, “म बिदामा गएको थिएँ, भर्खर मात्र आएको हुँ, यसबारेमा मलाई जानकारी छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group