ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश इन्चार्ज शर्मा भन्छन: हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ


admin
२६ आश्विन २०७५, शुक्रबार   १० : २३   बजे

सुर्खेत, २६ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताउनुभएको छ ।

प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आउनुभएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताउनुभयो ।

“हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, उहाँले भन्नुभयो, “यसका लागि यहाँस्थित सबैले योगदान पु¥याउनु पर्दछ ।” उहाँले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताउनुभयो । योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिनुभयो ।

“कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ । कर्मचारीको पुनःसंरचना हुनसकेको छैन”, उहाँले भन्नुभयो, “सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ ।” कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उहाँले अब प्रदेश सरकारले आफैले कर्मचारी भर्ना गर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिनुभयो । कार्यक्रममा उहाँले अब पार्टीभित्र कुनै गुट नहुने र यो विधि विधानसँग चल्ने बताउनुभयो । कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा पूण्य रेग्मी, डा कुशेन्द्र महत र डा गोविन्द वियोगीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group