ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले थाले युवा स्वरोजगार कार्यक्रम


admin
२६ आश्विन २०७५, शुक्रबार   १ : १६   बजे

रोल्पा, २६ असोज ।  युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।

गाउँ युवाबिहीन हुँदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन् । व्यावसायिक कृषि तथा पशुपालनमार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ३० लाख बजेट विनियोजन गरेको बताएको छ ।

विनियोजित बजेटबाट बेरोजगार युवाहरुलाई व्यावसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने गाउँपालिका अध्यक्ष नीमकान्त डाँगीले जानकारी दिनुभयो । ‘‘विदेश जाने मात्रा बढ्दै जाँदा दक्ष जनशक्ति अभाव देखिएकाले उनीहरुलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याएका हौँ’’ अध्यक्ष डाँगीले भन्नुभयो ।

रोल्पा नगरपालिकाले समेत नगरपालिका युवा स्वरोजगार कोष स्थापना गरेको छ । कोषमा चालु आर्थिक वर्ष रु ३० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुनले जानकारी दिनुभयो । कोषमा हरेक वर्ष बजेट थप्दै जाने बताइएको छ ।

कोषको रकमबाट नगरपालिकाभित्रका बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न तालीम तथा अन्य सहयोग गरिने बताइएको छ । कृषि तथा गैरकृषि क्षेत्रबाट युवालाई स्वरोजगार बनाउन कोष परिचालन गरिने बताइएको छ ।

एक घर एक रोजगारको अवधारणाअनुसार नगरपालिकाले प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै हरेक वर्ष नगर क्षेत्रका एक सय विद्यार्थीलाई छात्रवृत्तीसमेत वितरण गर्दै आएको छ ।

‘‘कृषि, भेटनरी, स्वास्थ्य तथा इञ्जीनीयरिङ विषय अध्ययनका लागि छात्रवृत्ति वितरण गरेका छांैँ’’ नगर प्रमुख पूर्ण केसीले भन्नुभयो ‘‘छात्रवृत्तिले हरेक घरमा कम्तीमा एक जनालाई रोजगार बनाउन सहयोग गर्ने अपेक्षा गरेका छांैँ ।’’

देशभित्र रोजगारीको अवसर नभएको भन्दै रोल्पाबाट खाडीमूलुक जाने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको बेला स्थानीय सरकारको यस्तो कदमले युवा जनशक्ति विदेश पलायनको समस्या कम हुने अपेक्षा गरिएको छ ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट सडक निर्माणका लागि आउने बजेट समेत स्काभेटर प्रयोगमा खर्च गर्ने भएकाले घरदैलोमा आएको रोजगारीको अवसरबाट वञ्चित हँुदै आएका युवा बाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

भारतबाहेक खाडी मुलुकमा जाने रोल्पाली युवा युवतीको सङ्ख्या करीब ४५ हजार रहको बताइन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट साधारण र द्रुत सेवाबाट करीब ४९ हजारले राहदानी बनाएको तथ्याङ्क छ ।
अदक्ष कामदारको रुपमा विदेशिने उनीहरुको पारिश्रमिक समेत निकै कम हुने गरेको छ । जोखिमपूर्ण काम गर्न बाध्य रोल्पालीमध्ये हरेक वर्ष ठूलो सङ्ख्यामा लाश बनेर फर्कने गरेका छन् ।

विदेश जानेमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको बताइन्छ । सबैभन्दा बढी उत्पादनशील जनशक्ति मानिने यो समूहका युवाको विदेश पलायनले जिल्लाका गाउँघर युवाबिहीन हुने मात्रै हैन खेतबारी बाँझिदा भविष्यमा विकराल अवस्था सिर्जना हुनसक्ने जिल्लावासीको चिन्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group