ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली


admin
२७ आश्विन २०७५, शनिबार   ९ : ५७   बजे

बेनी, २७ असोज।  म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् ।

विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् । यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीन नेपाली टोली त्यसतर्फ लागेका हुन् । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले उक्त हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारीका साथ आधार शिविरतर्फ लागेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष छन्त्यालका अनुसार गुर्जामै रहेको अर्को हिमाल घुस्तुङ पिक आरोहणका लागि फ्रान्स, क्यानडा र स्विजरल्याण्डका नागरिकको एक टोलीसमेत आधार शिविरतर्फ लागेको छ । नेपाली पर्वतारोही राजन भोटेको नेतृत्वमा सात फ्रान्सेली तथा स्विजरल्याण्ड र क्यानडाका एक÷एक नागरिक सो टोलीमा समलग्न छन् ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा छ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

गुर्जा सात हजार १९३ मिटर, गुर्जा पश्चिम छ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा सात हजार मिटरभन्दा अग्लाअग्ला छन् । दुई आरोही टोलीको सामान आधार शिविरसम्म पु¥याउन गुर्जाका ६६ जनाले छोटो अवधिको लागि रोजगारीसमेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group