ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण


admin
२७ आश्विन २०७५, शनिबार   ४ : ३२   बजे

बुटवल, २७ असोज ।  ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले १०२ वर्षीया लक्ष्मीदेवी आर्चायलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जग्गासम्बन्धी समस्या समाधान गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सेवा प्रवाहमा समस्या आउँदा राज्य र नागरिकबीच दूरी वढ्न सक्ने शङ्का व्यक्त गर्नुभयो ।

नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रशासनिक झमेलाका कारण जग्गाको पूर्जा वितरणमा ढिलाइ भएको उल्लेख गर्दै १२० दिनपछि मात्रै जग्गाको नामसारी वा बेचविखन गर्न पाइने जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी चन्द्रसिंह थापाले घर बनाएर बसे पनि अपनत्व नहुँदा घर र जग्गामा अधिकार नभएको तर प्रमाणपत्र वितरणपछि अधिकार आफूहरूमा आएको बताउनुभयो । उक्त क्षेत्रमा ३ बिघा १४ कठ्ठा जग्गाको प्रमाणपत्र वितरण भएको थियो ।

विसं २०२७ मा नाप नक्सा हुँदा घना बस्ती भएकाले छुट भएको कित्तालाई एउटा ब्लकमा राखिएकाले त्यसलाई गाँउ ब्लक भनेको बताइएको छ । त्यस्तै ओमसतिया गाउँपालिकाको पडसरी र शुद्धोद्धन गाउँपालिकाको भुजौलीमा पनि गाउँ ब्लक जग्गाको प्रमाणपत्र वितरण भएको छ ।

पडसरी–५ को २८० नं कित्तामा १ बिघा १३ कठ्ठा २७ जनालाई र भुजौलीको ४४५ कित्ता नं ७ (ग) को १५ कठ्ठा १५ जनालाई वितरण भएको नापी कार्यालय, भैरहवाले जनाएको छ । यस्तै गङ्गोलियामामा २३७, २५९ कित्ता नं को गाउँ ब्लक जग्गा पनि वितरण हुँदैछ । यसअघि तिलोत्तमा नगरपालिकामा पनि ११२ जनालाई गाउँ ब्लकको प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group