ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीत भण्डार निर्माण अन्तिम तयारीमा


admin
२७ आश्विन २०७५, शनिबार   ४ : ५६   बजे

बाँके, २७ असोज । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ ।

जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २५ करोडको लागतमा निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त शीत भण्डारमा पहिलो चरणमा सात हजार टन मात्र वस्तु राखिने बताइएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको शीत भण्डारका शेयर सदस्यसमेत रहेका जडीबुटी व्यवसायी सङ्घका महासचिव टङ्क शर्माले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट झण्डै पाँच किलोमिटर पश्चिम खजुराखुर्दमा दुई बिघा जग्गामा नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अब निर्माण भएको भवनको रङ्गरोगनलगायत करीब २० प्रतिशत मात्रै काम बाँकी रहेको छ ।

जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ सालदेखि भएपनि गत वैशाखदेखि निर्माण कार्यलाई तीब्रता दिइएको थियो । उक्त भण्डारमा कर्णालीको स्याउ, तरकारी र आलु भण्डारण गर्ने लक्ष्य रहेको छ । साविकका मध्य र सुदूरपश्चिमका किसानको उत्पादनलाई भण्डारण गर्ने लक्ष्यसमेत राखिएको छ ।

शीत भण्डारको अभावमा यस क्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको लखनउलगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको छ । सरकारले अहिलेसम्म उक्त भण्डार निर्माणका लागि रु ९९ लाख सहयोग उपलब्ध गराएको छ ।

नेपालगञ्जका विभिन्न आठ व्यवसायीको लगानीमा निर्माण भएको उक्त भण्डारमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइनेछ । उक्त भण्डारमा बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उत्पादन भई आउने तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group