ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई


admin
२७ आश्विन २०७५, शनिबार   ५ : ३७   बजे

बागलुङ, २७ असोज । नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

आज भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । पुलिसका विरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो । यसअघि बुटवलमा भएको उन्नाइसौँ, इटहरीमा भएको बिसौँ र पोखरामा भएको एक्काइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पनि एपिएफले नै कब्जा गरेको थियो ।

विजेता एपिएफले उपाधिसहित रु ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु ३० हजारसहित ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा प्रदेश नं. ५ लाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार प्राप्त गरेको छ ।

विजयी टोलीलाई गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरै लगायतले पुरस्कार वितरण गर्नुभयो । पाँच दिनसम्म चलेको प्रतियोगितामा तीन विभागीय र छ प्रदेश टोली गरी नौ टोलीको सहभागिता थियो ।

प्रतियोगिताबाट उत्कृष्ट १८ र वैकल्पिक छ गरी २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीलाई राष्ट्रिय टोली तयारीका लागि बन्द प्रशिक्षणमा राखिने नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu