ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा


admin
२८ आश्विन २०७५, आइतबार   १० : ४२   बजे

कञ्चनपुर, २८ असोज ।  एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।

पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले भन्नुभयो, “धान खाएर आफँै हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र सामुदायिक वनतर्फ लाग्ने गरेको छ ।”

छावासहित २० भन्दा बढी हात्तीको झुण्ड भगाउनका लागि रातभर स्थानीयवासी छिमेकी गाउँका बासिन्दाको सहयोगमा लाग्ने गरेका छन् । जति गरे पनि हात्तीको झुण्ड नभाग्ने गरेको सोनु चौधरीले बताउनुभयो ।
हालसम्म हात्तीको झुण्डले रानीपुर र खजुवापट्टिमा मात्रै दश बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको छ । हात्तीको झुण्ड दुई भागमा बाँडिएर रहेकाले स्थानीय किसानले बढी क्षति व्यहोनुृपरेको छ ।

दुईतर्फबाट घेरेर हात्तीको झुण्डले धानबाली खाने गरेको छ । एउटा झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने र अर्को झुण्ड नजिकैको सामुदायिक वनबाट बस्तीमा आउने गरेको छ । एकै ठाउँमा हात्तीको झुण्ड भए भगाउन सजिलो हुन्थ्यो, सागर धामीले भन्नुभयो, “दुईतर्फबाट आउने भएकाले धानबालीमा बढी क्षति गरेको छ ।”

दुई दिनअघि मात्रै हात्तीको झुण्डले वैशाखा र गणेशपुरका सात बढी बासिन्दाको घरसमेत भत्काएको थियो । घर भत्काएका परिवार छिमेकीको शरणमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नसमेत हात्तीले खाएपछि हात्ती पीडित परिवारको बिजोग भएको छ ।

धनवीरे सार्कीले भन्नुभयो, “घर भत्कायो, भित्र राखेको अन्न सबै खायो, कपडा सबै च्यातचुत पा¥यो । भाँडाकुडा कामै नलाग्ने बनायो । आउनै लागेको दशैँ हात्तीले खल्लो बनाइदिएको छ । हात्ती हाम्रै लागि दशा बनेर आएका रहेछ ।”
हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकाको वडा नं १, २, ३, ५, ८ र १२ का दर्जनौँ बासिन्दाको धानबालीमा क्षति गरेको छ ।

महीना दिनअघि भारतको दुधुवा नेशनलपार्कबाट यहाँ पुगेका हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकामा मात्रै ४० बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको र एक स्थानीयलाई घाइते बनाएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । हात्तीको आतङ्कबाट पुरै नगरपालिकाका बासिन्दा त्रासमा छन्, उहाँले भन्नुभयो, “धानबाली खाएर सखाप त पा¥यो नै स्थानीय बासिन्दाको ज्यान जोगाउन निकै सकस छ ।”

स्थानीवासीको जीउधनको सुरक्षा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सजग गराइएको उहाँको भनाइ छ । सुरक्षा निकायका तीनवटै अङ्गलाई हात्ती प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group