ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले ग¥यो चाडपर्वमा विशेष सुरक्षा योजना लागू


admin
२८ आश्विन २०७५, आइतबार   ११ : ३९   बजे

धनकुटा,२८ असोज । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो।

चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना छ। प्रहरीका चाडपर्व केन्द्रीत सुरक्षा योजनामा पटका, जुवा–तास नियन्त्रण गर्नेजस्ता कार्य मुख्य प्राथमिकतामा परेका छन। जिल्ला प्रहरीले चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत बनाइराख्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने र राति अबेरसम्म मेला लाग्न नदिने योजना बनाएको छ।

बजार अनुगमनलाई प्रभावकारी बनाउन र सार्वजनिक सवारी साधनको अभाव हुन नदिन पहल गरिने प्रहरीले जनाएको छ। वडादशैँ तथा तिहारमा सडकमा यात्रुको अत्याधिक चाप हुने भएकाले चालकले लामो समय सम्म सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कारणले दुर्घटनाको सम्भावना बढी हुने गरेको छ। यात्रुको चापको बाहना बनाएर बढी भाडा असुल्ने समस्या आउन नदिन प्रहरीले जिल्लाका विभिन्न ठाउँमा जाँच केन्द्र राखेको जनाएको छ।

कोशी लोकमार्गमा सडकको सुरक्षासँगै वडादशैँको नवरात्रिदेखि तिहारसम्म सवारी साधनको चाप बढी हुने हुँदा कोशी लोकमार्गमा सुरक्षाको उचित प्रबन्ध मिलाउन लागिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए।

प्रहरीले ग्रामीण सडकमा पनि मातहतका प्रहरी एकाइबाट सुरक्षाका प्रबन्ध मिलाइएको जनाएको छ। सडक सुरक्षाका अतिरिक्त जिल्लाका शक्तिपीठमा लाग्ने मेला, तथा पूजापाठलाई व्यवस्थित र सुरक्षित राख्ने कार्ययोजना बनाइएको छ।

जिल्लाका विभिन्न शक्तिपीठमा वडादशैँमा मेला लाग्ने गरेको छ। जनशक्ति अभावका कारण सीमित प्रहरी मात्रै सुरक्षाका लागि खटिने हुँदा ग्रामीण क्षेत्रमा लाग्ने धार्मिक मेलामा सुरक्षा दिन मुस्किल रहेको जिल्ला सुरक्षा समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिए।

आपराधिक गतिविधि नियन्त्रणका लागि चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीको टोलीले गस्ती खटाइएको छ। पर्वको मौका छोपेर आपराधिक गतिविधि सञ्चालन गर्ने बढी हुने भन्दै सुरक्षा जाँच कडा पारिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group