काठमाडौं,२८असोज । नयाँदिल्लीबाट आठ नेपाली महिलाको उद्धार गरिएको छ । मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको हो ।
मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट नयाँदिल्ली पु¥याइएकका थिए । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको दिल्ली महिला आयोगले जनाएको छ ।
घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्