ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता व्यक्ति


admin
२८ आश्विन २०७५, आइतबार   २ : २३   बजे

इलाम, २८ असोज ।  अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ ।

अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् ।

सो सम्बन्धी काम गर्दै आएको संस्था करुणा फाउण्डेशनका अनुसार अझै पनि विभिन्न कारणले पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिले जिल्लामा परिचयपत्र पाउन सकेका छैनन् । सो फाउण्डेशनका छवि श्रेष्ठका अनुसार समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप हो भन्ने पराम्परागत धारणाले गर्दा सबै त्यस्ता व्यक्तिले परिचयपत्र लिन नसकेका हुन् ।

“कतिपयले नागरिकता नै बनाएका हुँदैनन् । किनकि नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफूसमेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,” श्रेष्ठले भन्नुभयो, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचयपत्र दिलाउँदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठीक भन्ने ठान्छन् ।”

उहाँका अनुसार सो फाउण्डेशन र स्थानीय सरकारले पहल गर्दासमेत कतिपयले परिचयपत्र नबनाउने गरेको पाइएको छ । इलाममा चार हजार ४०२ अपाङ्गता भएका व्यक्ति रहेको एक सर्वेक्षणले देखाएको छ ।

जिल्लाका १० स्थानीय तहमा फाउण्डेशन इलाम र स्थानीय तहको समन्वयमा निकालिएको तथ्याङ्कमा शारीरिक तथा मानसिक रोगीको सङ्ख्या रहेको पाइएको हो । जिल्लामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्ति सूर्योदय नगरपालिकामा ७२८ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकामा २३२ जना रहेको पाइएको छ ।

इलाम नगरपालिकामा ७१०, माई नगरपालिकामा ३३१, देउमाई नगरपालिकामा ५३३ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । गाउँपालिकामध्ये माङसेबुङ गाउँपालिकामा ४८४, चुलाचुली गाउँपालिकामा ४१५, रोङ गाउँपालिकामा ३४३, माई जोगमाई गाउँपालिकामा ३३१ छन् ।

स्थानीय सरकारसँगको समन्वयमा फाउण्डेशन इलामले हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत गरिएको सर्वेक्षणमा जिल्लाका ८१७ जनालाई समुदायमा पुनः स्थापना गरिएको पाइएको छ ।

फाउण्डेशनका प्रदीप अधिकारीका अनुसार ९५ प्रतिशत अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रसमेत वितरण गरिसकिएको छ । यसअन्तर्गत चार हजार २५७ गर्भवती महिला र १० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ५३ हजार ५१७ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group