ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली


admin
२८ आश्विन २०७५, आइतबार   ३ : ४०   बजे

बाँके, २८ असोज । बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत् विस्तारसँगै बिजुली बलेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनबाट प्रशारण लाइन तानेर बत्ती बालिएको संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका–१, कुसुमका यमबहादुर खड्काले बिजुली बलेपछि खुशी व्यक्त गर्दै भन्नुभयो, “बिजुली आएपछि अब अरु सम्भावनाका ढोका खुलेका छन् । यहाँ उद्योग आउने आशा गरेका छौं ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुसुमबासीसँग दुई महिनाभित्र सबै वडामा बिजुली बल्ने प्रतिबद्धता गरेसँगै स्थानीयवासी विद्युत् विस्तारका काममा हौसिएका छन् । स्थानीय पदमराज वलीले भन्नुभयो, “कार्यकारी निर्देशकले नै प्रतिबद्धता जनाउनुभएको छ । यसमा हाम्रो पनि साथ र सहयोग रहनेछ ।”

राप्तीपारिका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरेर बत्ती बालिएको छ । कुसुममा पहिलो पटक बत्ती बलेपछि स्थानीय चुर्णबहादुर कुमालले भन्नुभयो, “अब रातको अन्धकार हटेसँगै अरु विकास पनि आउने आशा गरेका छौं ।”

सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक)ले प्राविधिक कारणले सबै वडामा बाल्न नसकिए पनि केही स्थानमा बत्ती बाल्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब छिट्टै सबै वडामा बिजुली बाल्न हामी लागिपरेका छौं ।”

विसं २०७० कात्तिक २५ मा नेपाल विद्युत् प्राधिकरण र सामुदायिक विद्युत् वितरण केन्द्रबीच सम्झौता भई २०७१ साल असारमा काम शुरु भएको भए पनि ठेकेदारको लापरवाहीका कारण झण्डै चार वर्ष ढिला भएको प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो ।

उक्त योजनामा प्राधिकरणको ९० प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी छ । रु ६ करोड ३० लाख ४७ हजार २८२ लागतको यो योजनाबाट कुसुमका दुई हजार ८२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । कुसुम क्षेत्रका सबै गाउँ र घरमा विद्युत् विस्तारको काम चलिरहेको प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले कुसुमका ३० प्रतिशत स्थानीयवासीको घरमा बिजुलीको पहुँच पुगेको छ, केही समयमै सबै घरधुरीमा बिजुली बल्छ ।’ राप्तीसोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा १३ वटा ट्रान्सफर्मर जडान गरिएकोमा नौ वटा चार्ज गरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group