ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको पर्खाइमा बेँसीबजार ’होमस्टे’


admin
२९ आश्विन २०७५, सोमबार   ११ : २०   बजे

 भद्रपुर, २९ असोज । पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ ।

ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध यहाँका नौ वटा घरले पर्यटक पर्खिरहेका छन् ।

सामाजिक अगुवा बृहस्पति खतिवडाका अनुसार देवानका अन्तिम राजा मधेशी हिलिहाङको दरबार र सैनिक अखडाको भग्नावशेष बेँसीबजार नजिकै देवानगढीमा भेटिएको छ ।

ढुङ्गाका दुर्ग, सेनाको टुँडिखेललगायतका पुरातात्विक महत्वका वस्तु फेला परे पनि हालसम्म यसको आधिकारिक अनुसन्धान हुन सकेको छैन । बहुवन सामुदायिक वनबाट देवानगढी हुँदै भाषाशास्त्री महानन्द सापकोटाको शालिक रहेको देवानछापसम्मको चार किलोमिटर लामो ‘महानन्द पदमार्ग’ समेत पहिल्याइएको छ ।

बेँसीबजारमा अग्र्यानिक खानेकुरा पाइन्छ । चरा, मृग र मयूरको स्वर्ग नै मानिने यो ठाउँ दृश्यावलोकनका लागिसमेत उपयुक्त रहेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ ।

मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकीयस्थल पहिचान गरेर त्यसको सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि तत्काल कार्ययोजना तयार गरेर काम अघि बढाउने नगर उपप्रमुख मीना उप्रतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group