काठमाडौं, ६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।
पाँच दिनको भ्रमणमा चीन र कम्बोडियामा हुने कार्यक्रममा सहभागिता जनाउन श्रेष्ठ चीन प्रस्थान गरेका हुन् ।
श्रेष्ठले पहिले चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभमा भाग लिने छन् ।
गोञ्जावमा चिनियाँ सरकारको उक्त कार्यक्रममा भाग लिएपछि उनी कम्बोडियामा आयोजना हुने नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित कार्यक्रममा सामेल हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्