काठमाडौं ७ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार कुहिरोमा अलमलिएको कागजस्तै भएको टिप्पणी गर्नुभएको छ ।
पाचथरको फिदिममा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारको काँधमा विकास, समृद्धि र संविधान कार्यन्वयन मात्रै भए पनि जनताले त्यसको महशुश गर्न नसकेको बताउनुभयो ।
अबिले कांग्रेसले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको आलोचनात्मक टिप्पणी मात्रै गरिरहेको भन्दै प्रवक्ता शर्माले अबको प्रतिपक्षी हिजोको जस्तो सदनमा तोडफोड, सडकमा चक्काजाम र हुलदंगा गर्ने प्रकृतिको नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्