काठमाडौं, ८ कात्तिक । काठमाडौंको सोल्टीमोडमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
बलात्कारको आरोपमा एकजनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।काठमाडौं महानगरपालिका १३ स्थित सोल्टीमोडमा १४ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्